तीनबुँदे सहमतिपछि हेटौँडाको नीति कार्यक्रम तथा बजेट आज प्रस्तुत हुने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको नीति कार्यक्रम तथा बजेट आज प्रस्तुत हुने भएको छ । नेकपा एमाले र उपमहानगरपालिका प्रमुखबिच तीनबुँदे सहमति भएपछि आज तीन बजे ११ औँ नगरसभाको आयोजना हुने भएको हो ।

सहातिको विषयमा जानकारी दिँदै नेकपा एमाले हेटौँडा उपमहानगरपालिका पालीका दलका प्रमुख सचेतक सुनिल मोक्तानले आफुहरुको मागको विषयमा नगर प्रमुख, उपप्रमुखले तीन बुँदे सहमति गरेको बताए ।

सहमतिको पहिलो बुँदामा नेकपा एमाले सम्बद्व ५४ जना बहुमत सदस्यले पेश गरेको संसोधन प्रस्ताव नगरसभापछि कानुनी परामर्श गरि प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । दोश्रो बुँदामा विषयगत समितिहरू सहमतिको आधारमा निर्माण गर्ने र तेश्रो बुँदामा बजेट निर्माणमा सामुहिक छलफलबाट टुङ्गो लगाउने सहमति भएको छ ।
सहमति भएसँगै शनिबार स्थगित भएको नगरसभा आज दिउँस ३ बजेबाट सुरु हुने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*