मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा राजेन्द्र देव पाण्डे

हेटौंडा । मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा राजेन्द्र देव पाण्डे आउनु भएको छ । पाण्डेले आज शुक्रबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सिडिओ पाण्डेले आजै जिल्ला प्रकाशन कार्यालय मकवानपुरमा उपस्थित भएर जिम्मेवारी सम्हाल्ने कार्यतालिका रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो ।

पाण्डे यस अघि बैतडी जिल्लाको प्रमुख अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । गृहमन्त्रालयको बुधबारको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएसँगै पाण्डे मकवानपुरमा आउनु भएको हो ।

यस अघिका मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सुरुवा हुनुभएको छ । सिडिओ राजेन्द्र देव पाण्डेलाई स्वागत गर्न जिल्ला प्रशासनका कर्मचारीहरु तयारी अवस्था रहेको गैह्रेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*