सभामुख सापकोटा आज स्वदेश फर्किँदै

काठमाडौँ – संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कँदै छन्।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्कन लागेको हो।

यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डलका तर्फबाट सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए।

उनले भू-राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको बताउँदै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धता व्यक्त गरेका थिए।

बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

नेपाली संसदीय प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन्।

सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ सवा ७ बजे नेपाल आइपुग्ने समय तालिका रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*