मधेश प्रदेशको प्रदेशसभा भोलि बस्ने

काठमाडौ । मधेश प्रदेशको प्रदेशसभा बैठक भोलि (सोमबार) बस्ने भएको छ ।

मधेश प्रदेशको प्रदेशसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको हो । यहि असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ। बैठकमा बजेटसँगै केही विधेयक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यहि असार १ गते अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*