काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए।५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालय स्रोतका अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*