नागरिकता विधेयक प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा चढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बुधबबार बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

बुधबार बिहान ११ बजे बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।

त्यस्तै उक्त विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना राख्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*