बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको दशौँ अधिवेशनको २५ औं बैठक आज बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरिएको थियो ।

आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुख्यतः संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ । सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरुलाई सूचना जारी गरिसकेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*