यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य – एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेले ट्वीट गरेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमवुद्धको सालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । त्यसपछि मेयर बालेन साहले सालिक आफ्नै पारिश्रमिबाट बनाउने घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*