बागमती प्रदेशको बेरुजु रकम २ अर्ब ३२ करोड
हेटौँडा । बागमती प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ३२ करोड पुगेको छ । सबैभन्दा धेरै बेरुजु रहेको मन्त्रालयमा भौतिक पूर्वाधार मन्त्रालय रहेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले दिएको तथ्याङ्क अनुसार प्रदेश सरकारको हालसम्म २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ बेरुजु रकम रहेको पाईएको हो ।
जसमा भौतिक पूर्वाधारमा मात्र कुल बेरुजुको ६२ प्रतिशत रकम रहेको छ । तथ्याङ अनुसार दोश्रो नंबरमा भूमि ब्यवस्था, कृषि तथा सहकारी, तेश्रोमा सामजिक विकास मन्त्रालय, चौथोमा उद्योग पर्यटन, वन तथा वातावरण तथा पाँचौँमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेका छन् ।
प्रदेश सरकारको बितेको आर्थिक वर्षमा मात्र एक अर्ब ९ करोड ४४ लाख १० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै बेरुजु रहेका मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र मातहतका कार्यालयहरु रहेका छन् ।
























