जनार्दन प्रकरण – आज सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने

काठमाडौँ – आज पनि संसदीय छानबिन समितिको बैठक बस्दैछ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएको छ।

हिजो बसेको छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्ष निकालेको थियो।

समितिले जेठ महिनाको सिसिटिभी फुटेज मगाए पनि असार महिनाको मात्र फुटेज दिइएको थियो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*