सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।

माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।

अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए । अहिले पनि उनी जसपाबाट निस्कन चाहिरहेका छन् तर कानुनले साथ नदिएको कारण त्यहीँ अल्झिरहेका छन् ।

दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर पार्टी विभाजन गर्न सहज बनाई दिन अध्यक्ष भट्टराईको आग्रह रहेको छ । स्रोतका अनुसार त्यही विषयमा दुई जनाबीच छलफल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*