मकवानपुरमा १ हजार २५७ जनाले गराए सुरक्षित गर्भपतन

हेटौंडा । मकवानपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा १ हजार २५७ जनाले सुरक्षित गर्भपतन गराएका हुन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेका अनुसार आर्थिक वर्ष ७८/७९ मा जिल्लाको १० वटै स्थानीय तहमा असारको तथ्याङ्क बाहेक १ हजार २५७ जनाले सुरक्षित गर्भपतन गराएका हुन् । जसमा २० वर्ष तल उमेर समूहका ४४ जना (४० जना औषधी प्रयोग गरेर र ४ जनाले अन्य सर्जिकल विधि) ले गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेर समूहका १ हजार २१३ जना (९५४ जनाले औषधी प्रयोग गरेर र २५९ जनाले अन्य सर्जिकल विधि) ले गर्भपतन गराएका छन् । जसमा गर्भपतन गराउँदा ४ जनाको स्वास्थ्य अवस्था जटिल समेत बनेको थियो । गर्भपतन गर्न चाहानेहरुले औषधीको प्रयोग विधिको बढी प्रयोग हुने गरेको छ । उनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ भन्दा २०७८ मा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको तर २० वर्ष तल गर्भपतन गराउनेको संख्यामा भने कमि आएको बताए ।

यसअघिको आर्थिक वर्ष २०७७÷७८ मा २० वर्ष तलका ७२ जना र २० वर्ष माथि उमेर समूहका १ हजार १ सय २१ जना गरी १ हजार १९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

यसैगरि,आर्थिक वर्ष २०७६÷७७ मा २० वर्ष तल १ सय ९७ जना र २० वर्ष माथि उमेर समूहका १ हजार ६३४ गरी १ हजार ८३१ जनाले सुरक्षित गर्भपतन गरेको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए ।

सामान्यता सन्तानको रहर पुगेर जन्माउन इच्छा नभएका तथा लिंग पहिचान गर्दा आफुले चाहे अनुरुप नभएको अवस्थामा गर्भपतन गराउने गरिएको छ ।

पछिल्लो वर्षहरुमा स्थानीय तहको स्वास्थ्य संस्थाहरुमै सुरक्षित गर्भपतन हुने गरेको छ । गर्भपतन गर्न चाहानेहरुले शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिको प्रयोग गर्ने गरेका छन् । विषेश गरि युवायुवतीले गर्भपतन गर्न औषधिको प्रयोग गर्ने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*