बागमतीले गाउँपालिकाले कसैलाई काखा र कसैलाई पाखा गर्यो – ग्यालन

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाका निर्वतमान कृषि शाखा प्रमुख अशोक ग्यालनले गाउँपालिकाले करारका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेर भेदभाव गरेको बताएका छन् ।

आज न्युज क्लब नेपाल,हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले हालै गाउँपालिकाले करारका कर्मचारीहरुलाई अधिकांशलाई करार सम्झौता नविकरण गरेको केहीलाई भने सम्झौता गर्न रोक लगाएका बताए । उनले गत बैशाखमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुनः विजयी भएका सर्केश घलानले आफ्ना र माओवादी केन्द्र निकटका कर्मचारीहरुको सम्झौता मात्र नविकरण गरेर करारका अन्य कर्मचारीहरु माथि अत्याचार गरेको आरोप लगाए । उनले राजनीतिक प्रतिशोध साँधेर काम गरिरहेका १७ जनालाई निष्कासित गरेको बताए । उनले निष्कासित हुने कर्मचारीहरु नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बताउँदै कर्मचारीको कार्य सम्पादन र स्तर मूल्यांकन विना हटाउँदा गाउँपालिकाको सेवा प्रभावित भएको बताए।

ग्यालनले गाउँपालिकाले असार ३१ गते मात्रै सूचना प्रकाशित गरेर ६९ जना करारका कर्मचारीको सम्झौता नविकरण गरेको र १७ जना कर्मचारीको सझौता नविकरण नगर्दै निष्कासित गरेको बताए । ‘हामीलाई किन त्यहाँबाट बाईपास गरियो रु यौटै सेक्टरमा काम गर्ने,यौटै सेक्टरबाट छिरेको, सबै करारका कर्मचारीहरु । हाम्रो चाइ करार नविकरण नहुने,उहाँहरुको चाइ करार नविकरण हुने । ग्यालनले भने,करार नविकरणको म्यादको लिस्ट हेर्दा नविकरण नहुने साथिहरुको राजनीतिक आस्थाले गर्दा निकालियको हाकी भन्ने लाग्यो । नविकरण हुने साथिहरुको लिस्ट हेर्दा माओवादी आस्था राख्ने कर्मचारीहरु मात्रै हुनुहुन्छ । हाम्लाई उहाँहरु हामी माओवादी भन्दा फरक धार आस्था राख्ने उहाँहरुले सोच्नु भो,त्यो हिसाबले उहाँहरुले हामीलाई निकाल्नु भो ।’

उनले केहि करारका कर्मचारीलाई मात्र हटाउने प्रकिया गलत भएको बताए ।उनले करार सम्झौता २०७८ को परिच्छेद ४ मा करार सम्झौता सम्बन्धि व्यवस्थामा कर्मचारीको कार्य सम्पदान र स्तर मूल्यांकनका आधारमा मात्र कर्मचारी हेरफेर गर्न सकिने भनिएको बताउँदै आफुहरुलाई विना कारण हटाईएको बताए । उनले आफुहरुलाई हटाउँदै गाउँपालिकाले अरुलाई नियुक्ती दिने तयारी सुरु गरिसकेको समेत बताए ।

उनले उक्त करार सम्झौताको विषयमा गाउँपालिका अध्यक्ष घलानलाई ध्यानाकर्षण पत्र समेत बुझाएको तर हालसम्म कुनै सकरात्मक प्रतिक्रिया नआएको समेत बताए । उनले गाउँपालिकाले गरेको भेदभावको विषयलाई लिएर करार सम्झौता नभएका आफुसहित १७ जना कर्मचारीहरु अदालत जाने कि नजाने भन्ने विषयमा छलफल चलिरहेको बताउँदै केहिदिनमै निष्कर्षमा पुग्ने बताए । पत्रकार सम्मेलनमा गाउँपालिकाका र वडाका करार सम्झौता नभएका निबर्तमान कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*