बिपीको सिद्धान्त कांग्रेसले छाडेको छैन – रामचन्द्र पौडेल
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन्।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सधैँ बिपीको पथमा हिँडिरहेको दाबी गरेका हुन्।
बिपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको छ।
पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए। गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै उनले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे।
























