राष्ट्रिय सभाको बैठकमा नागरिकता विधेयक पेश

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ ।

आज (सोमबार) बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गर्नुभएको हो ।

त्यस्तै उहाँले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराउनुभएको छ ।

साथै बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाई विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*