बागमती प्रदेशमा सप्ताहव्यापी रुपमा मनाइदै अन्तराष्ट्रिय युवा दिवस

हेटौंडा । अन्तराष्ट्रिय युवा दिवस मनाउने सन्धर्बमा आज हेटौंडामा बैठक बसेको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा अन्तरपुस्ता एक्यवद्धताः सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेर मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवस मुल समारोह तयारी बैठकले विभीन्न निर्णयहरु गरेको छ । विगतका वर्षहरुमा जस्तै यही साउन २७ गतेका दिन युवाका क्षेत्रमा कार्यरत व्यक्ती, संस्था र सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ मनाउने तयारीका लागि बैठक गरिएको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री एवम् प्रदेश युवा परिषद्का अध्यक्ष रत्न प्रसाद ढ़कालको अध्यक्षतामा बसेको बैठकले युवा दिवस मनाउनका लागि १०१ सदस्य मूल समारोह समिति गठन समेत गरिएको छ । बैठकले स्पताह व्यापी रुपमा यो दिवस मनाउने निर्णय गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । बैठकले बृक्षारोपण, प्रभातफेरी कार्यक्रम, रक्तदान, खुल्ला साइकलिङ, पदयात्रा, सरसफाइ, अन्तरक्रिया लगायतका कार्यक्रम गरिने चौलागाईले बताउनुभयो ।
मन्त्री ढकालको अध्यक्षतामा गठन गरिएको मुलसमारोह समितिमा प्रदेश युवा परिषद्का पदाधिकारी तथा सदस्यरु, जिल्ला युवा समितिका अध्यक्षहरु, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । आजको कार्यक्रममा बोल्दे मन्त्री ढकालले आम युवाहरुको बिचमा प्रदेश सरकारले यो कार्यक्रम गर्न लागेको बताउनुभयो ।

अबका दिनहरुमा युवाहरुकै मन्त्रालय पनि भएकाले यसलाई सबैले घच्घच्याउनुपर्ने बताउनुभयो । युवाहरुकै लागि धेरै खालका कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । आजको बैठकमा बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*