मकवानपुरगढीमा हटाइएका कर्मचारीले गरे आफ्नो करार अवधि थप गर्न माग

हेटौंडा । मकवानपुरगरी गाउँपालिकाले चालु आथिृक वर्षको साउन १ गते देखि हटाइएका कर्मचारीले आफ्नो करार अवधि थप गर्नका लागि माग गरेका छन् । गाउँपालिकाले म्याद थप नगरेका कर्मचारीहरुले आज गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानलाई ज्ञापनपत्र बुझाउँदै म्याद थप गर्नका लागि आग्रह गरेका हुन् ।

२०७४ साल देखि गाउँपालिकाको बिभीन्न साखामा कार्यरत रहेको र अबका दिनहरुमा पनि काम गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । पालिकाका कार्यरत कर्मचारीलाई हटाएर फेरी नियुक्त गर्दा काममा समेत असर गर्ने भएकाले कार्यरत कर्मचारीहरुको करार थप गर्न आग्रह गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*