मकवानपुरगढीले २२ जना करारको कर्मचारी माग्यो

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले करारको २२ जना करारको कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले २२ जना करारको कर्मचारी माग गरेको हो ।

बैशाख ३१ गते सम्पन्न दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले अघिल्लो स्थानीय तहका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारी हटाउँदै करारको कर्मचारी माग गरेको हो ।

यसअघि ३१ असारमा गाउँपालिकाले सम्पूर्ण करारका कर्मचारीको सम्झौता म्याद थप नहुने जनाएको थियो ।

आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जारी गरेको सूचनामा गएको साउन ९ गते बसेको गाउँकार्यपालिको बैठकको निर्णय अनुसार करारको कर्मचारी राख्न सूचना प्रकाशित गरिएको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*