६ महानगरका मेयर र उपमेयर पोखरामा भेला

पोखरा । देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु पोखरामा भेला भएका छन् ।

पोखरा महानगरको पहलमा ६ वटा महानगरका मेयर र उपमेयर पोखरामा पुगेका हुन् ।

काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् ।

वीरगञजका मेयर राजेशमान सिंह र बिराटनगरकी उपमेयर इन्दिरा कार्की भने पोखरा आइपुगेकी छैनन् । महानगरका मेयर र उपमेयरले सारङकोटमा दुई दिनसम्म विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*