सोमबार बिशेष हवन र पुजापाठ हुने
हेटौंडा-९ मा रहेको ॐ सतगुरु शिव शक्तेश्वर बाबा सेवा केन्द्रमा भोली साउन महिनाको तेस्रो सोमबार बिशेष हवन र पुजापाठ हुने भएको छ । साउन महिनाको हरेक सोमबार सम्पुर्ण चराचर जगतको कल्याणको हेतु बिहान ९ बजे बिशेष हवन र पुजापाठ भइ रहेको सेवा केन्द्रले जनाएको छ । उक्त धाममा सोमबार विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहदै आएको छ ।
























