माओवादीको स्थायी समिति बैठक बस्दै ,अर्थमन्त्रीबारे निर्णय गर्ने
काठमाडौँ । स्थायी कमिटीलाई पूर्णतादिने लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ।
आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ। संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्ने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् ।
संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त बैठक बस्न लागेको हो।
























