अर्थमन्त्रीमा पुनः शर्मा नै नियुक्त , आजै शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको हो। जनार्दनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानविन गर्न बनेको संसदीय छानबिन समितिले नै सफाइ दिएपछि उनको पुनस् नियुक्ति हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*