करार कर्मचारी हटाएको विषयमा छलफलका लागि मकवानपुरगढी गाउँपालिकालाई अदालतले बोलायो
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले करारका कर्मचारी हटाएर फेरी नियुक्ती गर्नका लागि सूचना आवहान गरेपछी केही कर्मचारीले उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्धा दायर गरेका छन् । मुद्धा दायर गरेपछी अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
गाउँपालिकाबाट हटाइएका करारका कर्मचारी उमेश अधिकारी लगायतकाले अदालतमा मुद्धा दायर गरेका थिए । उच्च अदालतले यही साउन १९ गते गाउँपालिका र हटाइएका कर्मचारीलाई निकालीएको सक्कल माइनोट सहित उपस्थित हुन भनेको छ ।

























