देउवालाई ज्योतिषीको सुझाव : चुनावको लागि मङ्सिर ४ उत्तम दिन
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव दिएका छन्।
रिजालका अनुसार मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको छ। यस दिनमा गरेको कार्यले सरकारका सबै दलहरुलाई बढी लाभ मिल्ने उनको भनाई छ।
असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो। सोही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा समेत राखेका थिए।
























