हेटौंडा आँखा अस्पताल बीमाको रकम भुक्तानी नहुँदा समस्यामा

हेटौंडा । स्वास्थ्य बीमाको रकम समयमै प्राप्त नगर्दा बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा सामुदायिक आँखा अस्पताल समस्यामा परेको छ ।

अस्पतालमा दैनिक ३ सय ५० जनाले सेवा लिनेमा आधा भन्दा बढी बीमामाबाट सेवा लिन आउने हुँदा स्वास्थ्य बीमामा बोर्डबाट पछिल्लो समय भुक्तानी नहुँदा अस्पतालको दैनिक कार्य संचालनमा समस्यामा परेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । ‘अस्पतालले आफ्नै आयस्रोतले यहाँको दैनिकी खर्च चलाउने गर्छ । स्वास्थ्य बीमामाको कारण दैनिक आधा भन्दा बढी उधारै हुन्छ । बिमाको पैसा धेरै दिनपछि मात्र आउँछ,त्यो पनि कहिले आउँछ ठेगान छैन् । श्रेष्ठले भने, बीमामाबाट करिब पौने ४ कराड उठ्न बाँकी छ । असार मसान्तमा ५० लाख आएको थियो । फेरि उठ्न बाँकी रकम उत्तिकै भइसकेको छ ।

उनका अनुसार बीमामा बोर्डलाई पत्राचार गर्ने देखि नियमित सम्पर्क गर्ने कार्य भइरहेको छ । बोर्डमा कर्मचारीको अभावको कारण पछिल्लो समय भुक्तानी गर्न समस्या भएको जानकारी आएको समेत अधिकृत श्रेष्ठले बताए । ‘बिमितलाई स्वास्थ्य बीमामाले उपचार गर्न निकै सहज भएको छ । बिमा गरिसकेकाहरुलाई वर्षमा कम्तिमा एकपटक आँखा परीक्षण गरौ भन्ने भावनाको विकास भएको । श्रेष्ठले भने,तर सेवाप्रदायक हामीजस्तालाई गार्हो छ ।’ उनले अस्पतालमा ५२ जना कर्मचारी रहेको बताउँदै तलब खुवाउन समस्या नभएको तर अस्पताल कार्य संचालन गर्न भने कठिन हुँदै गएको बताए ।

८० हजारले सेवा लिए
हेटौंडा आँखा अस्पातलमा सन् २०२१÷२२ मा ८० हजार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका अधिकृत श्रेष्ठका अनुसार जिल्ला भित्रका सहित,बारा,पर्सा,रौतहट लगाएत अन्य जिल्ला र भारतबाट पनि आँखा उपचारको लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा आँखा उपचार गर्न आउनेहरुको समस्या हेरेर अस्पतालमै आँखाको समस्याको समाधान हुने गरेको र गम्भीर समस्या भएकाहरुलाई तिलगंगा आँखा अस्पताल पठाउन गरिएको श्रेष्ठले बताए । उनले अस्पतालमा हरेक वर्ष ५ हजार जनाको आँखाको शल्यक्रिया हुने गरेको समेत बताए ।

अस्पातलले आँखा परीक्षणसंगै हरेक वर्ष जिल्लाको स्थानीयहरुमा निःशुल्क आँखा शिविर,जनचेतना कार्यक्रम अन्तर्गत आँखा स्वास्थ्य सम्बन्धी तालिम,अन्तरक्रिया गर्ने गरेको उनले बताए । अस्पातालमा सबै उमेर समूहका मानिसहरु विभिन्न समस्याहरु लिएर उपचार गर्न आउनेहरमा वृद्धवृद्धाहरु भने मोतिविन्दुको समस्या लिएर आउने गरेको अधिकृत श्रेष्ठको भनाई छ ।

तीन स्थानीय तहको सहकार्यमा शाखा विस्तार
हेटौंडा आँखा अस्पतालले जिल्लाको तीन स्थानीय तहमा शाखा विस्तार गरेको छ । पछिल्लो वर्षहरुमा आँखाका बिरामीहरुको चाप बढ्नुको साथै आँखाको उपचारको लागि हेटौंडामै आउनुपर्ने बाध्यता भएपछि अस्पातलले स्थानीय तहको सहकार्यमा शाखा विस्तार गरेको हो । अस्पतालले जिल्लाको थाहा नगरपालिका,मनहरी र बागमती गाउँपालिकासंगको सहकार्यमा स्थानीय तहमै नियमित आँखा परीक्षण गरिरहेको छ । अधिकृत श्रेष्ठका अनुसार अस्पतालले जिल्लाको अन्य स्थानीय तहहरुमा पनि सहकार्य गरेर स्थानीय तहमै आँखा परीक्षण गर्ने तयारी गरिरहेको छ ।

२०६५ साल ५ मंसिरबाट सेवा सुरु गरेको अस्पतालमा हाल तीन जना नेत्र विशषज्ञ सहित ५२ जना कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*