निजामती कर्मचारी संगठनको प्रदेश स्तरिय अधिवेशन हेटौंडामा

हेटौंडा । नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको प्रथम अधिवेशन आज हेटौंडामा भएको छ । अधिवेशनमा सहभागि कर्मचारी र अतिथिहरुले तीनै तहका सरकारले निजामती कर्मचारीको हितमा काम गर्न सरकारलाई दवाब दिएका छन् ।

अधिवेशनको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभयो । कार्यक्रमलाई संबोधन गर्नुहँुदै उहाँले कर्मचारीको हक हितका लागि एमाले सरकार मात्र लागिपरेको बताउनुभयो । अहिलेको सरकारले कर्मचारीलाई समस्या पर्नेगरी ऐन, कानून ल्याएको बताउनुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले संगठनले आफ्नो हितमा मात्रै नभई जनताको हितमा जोडिएर काम गरेको बताउनुभयो ।

कर्मचारी संगठनले दिएको ७१ बुदेश सुझाबलाई ध्यानमा राखेर निजामती कर्मचारी ऐन ल्याउनुपर्ने उहाँको सुझाब छ । संगठनका निवर्तमान अध्यक्ष केदार प्रसाद देबकोटा, नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा निजामती कर्मचारीको आधिकारिक ट्रेडयुनियनका पूर्व अध्यक्ष पुन्य प्रसाद ढकाल, संगठनका केन्द्रीय उपाध्यक्ष प्रभाव प्रसाद साह, नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बतौंला, नेकपा एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायतकाले उद्घाटन् सत्रमा आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रम नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णु प्रसाद अर्यालको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*