एमाले बाग्मती प्रदेश कमिटी पदाधिकारीको १९ औं बैठक सम्पन्न

हेटौंडा । नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटी पदाधिकारीको १९ औं बैठक आज बसेको छ । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षता तथा एमाले बागमती प्रदेश कमिटीका इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैडकमा सहइन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, शेर बहादुर तामाङ लगायतकाको उपस्थितीमा बैठक बसेको हो ।

बैठकले पार्टी बागमती प्रदेश तहका विभिन्न बिभागहरुमा बिधान बमोजिम आवश्यक संख्याको सदस्यहरु मनोनीत गरि बिभागलाई पुर्णता दिइएको एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौलाले बताउनुभयो ।

यसैगरी प्रदेश सल्लाहकार परिषद निर्माणको लागि ३ दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाइ सल्लाहकार परिषदमा समेट्नु पर्ने कमरेडहरुको नामावली माग गर्ने, प्रदेश लेखा समिति निर्माण गर्ने, बागमती प्रदेश जनसंगठनहरुको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई ब्यबस्थित र प्रभाबकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको तत्काल बैठक बसि आवश्यक योजना तर्जुमा तथा परिचालनको खाका निर्माण गर्ने, गठबन्धन सरकारको प्रत्येक्ष संलग्नतामा आकाशिदो महङी, भ्रष्टाचार, कमिसनतन्त्र, र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दबाब, खबरदारी सहितको आन्दोलन गर्ने, बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा नेकपा एमाले प्रति उहाँहरुको आलोचना, सुझाव र टिप्पणी के कस्तो रहेको छ सोको संकलनका लागी आगामी भाद्र १० गते काठमाडौमा कार्यक्रम गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्नुहुने अग्रणी ब्यक्तित्वहरुको खोजी तथा पहिचान गरि उहाँहरुको सम्मानका लागी जिल्ला स्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने, प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गर्नुभएका १० जनालाइ प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ । प्रदेश कमिटीमा जिम्मेवारी प्राप्त गर्नुहुनेहरु श्रीधर पोखरेल, सुमित्रा राजबम्सी, अच्युत श्रेष्ठ ,खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य ,सीता ढकाल, भुवन केसी, देबेन्द्र खत्री, सुरेश रानालाई चयन गरिएको बर्तौलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*