हेटौंडा–९ मा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बृक्षारोपण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ दिब्य बालउद्यानपार्कमा आज बिभीन्न जातका विरुवा रोपिएको छ । प्रदेश युवा परिषद्को आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

युवा परिषद्ले दिवसका अवसरका सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज बिभीन्न जातका फलफूल र अरु जातका बिरुवा रोपेको हो । रक्तचन्दनको विरुवा रोपेर बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले कार्यक्रमको उद्घाटन् गर्नुभयो । यो दिवसको सप्ताह व्यापी कार्यक्रम बृक्षारोपण गरेर सुरुवात गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अन्तराष्ट्रिय युवा दिवस भव्य रुपमा मनाउने सन्धर्बमा पहिलो दिन वृक्षारोपण गरिएको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*