हेटौंडा सिमेन्ट उद्योगको खाली जग्गा बेच्ने तयारी

हेटौंडा । पछिल्लो ४ वर्षमा लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका– ९ को लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगले आफ्नो खाली जग्गा बेच्ने तयारी गरेको छ । उद्योगले पछिल्लो ४ वर्षमा ६५ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ ।

उद्योगले पुरानो मेसिन र मेसिन बिग्रिरहने समस्याको कारण लक्ष्य अनुसारको उत्पादन गर्न नसकेको तथा लगातार घाटामा र नयाँ मेसिन जडान गर्न उद्योगको केहि खाली जग्गा सरकारी मन्त्रालयलाई बेच्न सकिने मन्त्रिपरिषद् लाई जानकारी गराईएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए ।

‘हामीसँग प्रयोग नभएको जमिनहरु विघौ विघा छ । प्रदेशको राजधानी हेटौंडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरिरहेको छ । । उनले भने, हाम्रो प्रयोग नभएको करिब १२ विघा जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौं भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ ।’

उनका अनुसार हालको सिमेन्टको पूर्ण संचालनको लागि ८० करोड देखि १ अर्ब खर्च लाग्छ भने नयाँ प्लान्ट जडान गर्न ५ अर्ब देखि ८ अर्ब खर्च लाग्ने छ । महाप्रबन्धक पाण्डेले उद्योगको १२ बिघा जग्गा बिक्री गर्दा र सरकारले लगानी थप्दा नयाँ प्लान्ट जडान गर्न सकिने हालको उद्योगको क्षमता भन्दा बढी उत्पादन गर्न सकिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*