फ्रेन्डस हेटौंडाको आयोजनामा गौरव यात्रा

हेटौंडा । अमेरिकि दूतावास काठमाडौंको आर्थिक सहयोग तथा फ्रेन्डस हेटौंडाको आयोजनामा आज हेटौंडामा पहिलो गौरव यात्रा सम्पन्न भएको छ ।

हेटौंडाको बुद्ध चोकबाट सुरु भएको गौरब यात्रा हेटौंडा–१० बसपार्क,टिसिएन रोड,सिमाचोक हुँदै पुनः बुद्धचोकमा आइ समापन भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, विभिन्न सामाजिक संघ सस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गाइजात्राको अबसरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बिजय उत्सवको रुपमा गौरबमय यात्राको आयोजना गरिएको फ्रेन्डस हेटौंडाको कार्यक्रम संयोजक किरण थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*