हेटौंडामा रवि लामिछानेले भने : जनताको पसिनाको पैसा उठाएर खानेहरुको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको छ
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनतालाई विभिन्न झुटा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरुको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताएका छन् ।
आज हेटौंडामा भएको पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरु र उद्योग कलकारकाखा बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको बताएका हुन् । उनले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कस्ले बन्द गर्यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । उनले राम्रो लुगा लगाउँछु भन्दा पनि बजारभरी खोज्दा पनि नपाईने स्थिति बनेको बताए । अब त्यसको हिसाब हामी गरेरै छोड्छौ ।
‘हेटौंडा कपडा उद्योग जहाँ ११ सय भन्दा बढी मानिसहरुले राजगारी गर्थे,तिनका परिवार आम्दानी गर्थे,परिवार चलेको थियो । उनले भने,आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाईदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’ उनले हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गईरहदाँ बन्द हुने अवस्थामा पुगेको समेत बताए । उनले हेटौंडामै भएको निजि सिमिन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौ घाटामा जानुपर्ने कारणको खोजि गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।
यसैगरि,सभापति लामिछानेले बागमती प्रदेशमा यौटै प्रदेशमा १८ जना के का लागि भन्दै प्रश्न समेत गरे । उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केहि अघि बढ्न नसकेको बताउँदै सोच्नु पर्ने अवस्था आएको बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्याउन अनुरोध समेत गरे । सहि नेतृत्व चुन्न सके मात्र देश परिवर्तन गर्न सके मात्र देश परिवर्तन हुनसक्ने लामिछानेको भनाई छ ।
























