हेटौँडामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रभातफेरी

हेटौँडा । प्रदेश युवा परिसद् बागमतीको आयोजनामा ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ २२ औ अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजित प्रभातफेरि कार्यक्रम हेटौड़ामा सम्पन्न भएको छ।

प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला संघसंस्था राजनीतिक दलका युवार तथा विद्यार्थी संगठनको उल्लेख्य सहभागिता रहेक़ो थियो। बागमती प्रदेशका युवा तथा खेलकूद मन्त्री रत्न प्रसाद ढ़काल अध्यक्षतामा १०१ सदस्य मुल समारोह समिति बनाएर २४ गते देखी शुरू भएको सप्ताहव्यापी कार्यक्रम ३० गते युवाको प्रश्न म युवा तथा खेलकूद मन्त्रीको उत्तर नामक अंतर्क्रिया कार्यक्रम आयोजना भई समापन हुने जनाईएको छ ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ म हरेक बर्ष अगष्ट १२ लाई अन्तरास्ट्रिय युवा दिवस मनाउन गरेको निर्णय संगै औपचारिक रूपमा सन् २००० देखी अगष्ट १२ का दिन अन्तरास्ट्रिय युवा दिवस मनाउन शुरु गरियता पनी नेपालले २००४ देखी मात्र शुरु गरेको हो ।

राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*