साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

हेटौंडा । आज साउन महिनाको अन्तिम सोमबार । वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि सुरु गरेको व्रत विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गर्दै छन् ।

सोमबार हेटौंडा नगर र आसपास हेटौंडा उपमहानगरपालिका वडा ४ स्थित भुवनेश्वर मन्दिर, हेटौंडा–१० मा रहेको भुटनदेवी र गोरक्षेश्वर मन्दिर, हेटौँडा–१, भैरवडाँडामा रहेको पाथीभरा देवी मन्दिर, हेटौंडा–५ मा रहेको रुद्रेश्वर,दामनमा रहेको ॠखेश्वर मन्दिर र दक्षिणकाली मन्दिर र दक्षिणकाली मन्दिरलगायतका धार्मिकस्थलमा आज बिहानै देखि भक्तजनहरुकोे भिड लागेको छ ।शिवालय लगायत पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ ।

साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताए ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लागेको हो ।

यस वर्ष साउनमा पाँच सोमबार परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*