अन्तिम सोमबार ॐ सतगुरु शिव शक्तेश्वर बाबा सेवा केन्द्रमा बिशेष कार्यक्रम

हेटौंडा ,साउन ३० । आज साउनको अन्तिम सोमबार मकवानपुर लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

हेटौंडा-९ मा रहेको ॐ सतगुरु शिव शक्तेश्वर बाबा सेवा केन्द्रमा पनि बिहान देखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

हेटौंडा – ९ मा अबस्थित ॐ सतगुरु शिब शक्तेश्वर बाबा सेवा केन्द्रको शिबालयमा बिहान कलशयात्रा गरि जल अभिषेक गरिएको छ ।

साथै आज साउन महिनाको व्रत परिपुर्ण हेतु पुजापाठ,हवन,लाखबत्ती दिप प्रज्वलन गरिएको सेवा केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*