मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिए
हेटौंडा । मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् ।
बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय अनुसार असार १ गते देखि साउन १९ गते सम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ रहेको कार्यालयले जनाएको छ ।
कार्यालय अनुसार बाहिरी जिल्लाका दर्ता भएका २७२ जनाको नामवली सम्बन्धीत जिल्लामा पठाईने छ ।
यसअघि,बैशाख सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९१९ जना मतदाता रहेका थिए ।
























