बागमती प्रदेशका २७ बिद्यालयमा बस खरिदका लागि अनुदान दिने तयारी
हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा बागमती प्रदेशका सामुदायिक विद्यालयमा बस खरिसदका लागि अनुदान रकम दिने तयारी गरिएको छ ।
प्रदेशका २७ वटा सामुदायिक बिद्यालयमा बस खरिदका लागि अनुदान रकम दिने तयारी भएको हो । चालु आर्थिक वर्षको बजेट किताबमा २७ वटा साुमदायिक बिद्यालयलाई बस खरिदका लागि रकम अनुदान दिनेगरी बजेछ छुट्याइएको शिक्षा विकास निर्देशनलाय हेटौंडाका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले जानकारी दिनुभयो ।
प्रदेशका बिभीन्न जिल्लाका माध्यमिक तहका बिद्यालयलाई २५ लाख रुपैयाँका दरले रकम दिन लागिएको हो । सामुदायिक बिद्यालयमा पनि बस भएका कारण टाढाबाट बिद्यार्थीलाई बिद्यालय सम्म ल्याउनका लागि सहज हुने भएकाले बस खरिदका लागि बागमती प्रदेश सरकारले प्रत्यक वर्ष अनुदान रकम दिदै आएको छ ।
बितेको आर्थिक वर्षमा बस खरिदका लागि प्रदेश सरकारले सामुदायिक बिद्यालयलाई अनुदान रकम दिने भनेपनि जटिल कार्यबिधिका कारण एउटा बिद्यालयलाई मात्र बसमा अनुदान रकम दिइएको थियो । बिद्यालय मर्ज भएका बिद्यालयलाई मात्र बस दिने भन्ने कार्यबिधीका कारण धेरै बिद्यालय मर्ज हुन नसक्दा बस खरिदका अनुदान दिने धेरै रकम फ्रिज समेत भएको छ ।
























