एमाले बागमती प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक सम्पन्न

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक आज बसेको छ । बैठकले बिभीन्न निर्णयहरु गरेको छ ।

आज बसेको नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी पदाधिकारीको बैठकले गरेका एमालेको बिधानको धारा ५९ को अधीनमा रहि यही १५ गते भित्र बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ ।

यसरी गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले आफ्नो बैठक बसि पार्टी केन्द्रिय कमिटीले निर्धारण गरेको मापदण्ड र सिमा भित्र रहेर उम्मेद्बारको सिफारिस गर्नुपर्ने, उक्त सिफारिसको लागी भएको बैठकको निर्णयको प्रतिलिपी र प्रस्तावित उम्मेद्बारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक राय सहित यही भदौ २० गते भित्र उमेदवारको सुची प्रदेश कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरिएको एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा प्रचार बिभागका प्रमुख महेश कुमार बतौंलाले जानकारी दिनुभयो ।

समानुपातिक समाबेशिताको आधारमा यही भदौ २० गते भित्र प्रतिनिधिसभा र प्रदेश सभाको लागी समानुपातिक सुचीमा समाबेश गर्नुपर्ने उम्मेदवारको नामावली सम्बन्धित जिल्ला कमिटीहरुले प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्नुपर्ने निर्णय भएको छ ।

यसैगरी बागमती प्रदेश सल्लाहकार परिषदको गठन भएको छ । यसैगरी यही भदौ २१ गते प्रदेश संगठन कमिटीको पुर्ण बैठक, तुल्सिलाल स्मृति हल च्यासल ललितपुरमा बस्ने निर्णय गरिएको छ । पार्टी केन्द्रिय कमिटीको निर्णय बमोजिम बागमती प्रदेश सहइन्चार्जको जिम्मेवारी प्राप्त गर्ने धर्मदत्त देवकोटालाई बैठकमा औपचारिक स्वागत समेत गरिएको बर्तौलाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*