मकवानपुरको प्रहरी हिरासत कक्षमा बुक कर्नरको उद्घाटन

हेटौंडा –  जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा बुक कर्नरको उद्घाटन गरिएको छ ।

बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले संयुक्त रुपमा रिवन काटी बुक कर्नरको उद्घाटन गर्नुभएको हो ।

बुक कर्नर उद्घाटन गर्नुका साथै हिरासत कक्षमा रहेका थुनुवाहरुसँगै मन्त्री मोक्तान, नगर प्रमुख लामा र डिआईजी बज्राचार्यले अन्तरक्रिया समेत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*