हेटौंडा बसपार्कको तरकारी बजारलाई चौकीटोलमा सार्ने तयारी

हेटौंडा । मकवानपुरको हेटौंडा-१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा(१ मा चौकीटोलमा सार्ने तयारी भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो ।

बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ती करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने प्रमुख लामाको भनाईं छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*