हेटौंडामा अवैध संरचना हटाउन कार्यदल गठन

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले अवैध तथा अव्यवस्थित संरचना हटाउन कार्यदल गठन गरेको छ ।

उपमहानगरको प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यापालिका बैठकले अव्यवस्थित संरचना हटाउने निर्णय गरेको उपमहानरको प्रवक्ता सविन न्यौपानेले बताए । उनले उपमहानगरभित्र नक्सा पास नभएका,सडक तथा फुटपाथ मिचेर बनाएका अवैध संचरना हटाउनको लागि ३५ दिने सूचना निकाल्ने र सूचनाको अवधिमा संरचना नहटाईए डोजर चलाईने बताए ।

प्रवक्ता न्यौपानेले अव्यवस्थित संरचनाको मूल्याङ्कन र अनुगमनका लागि हेटौंडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको समेत बताउँदै केहि दिनमै ३५ दिने सूचना निकाल्ने दाबी गरे ।

यसैगरि,बैठकले फोहोर व्यवस्थापनका लागि कार्यदल गठन समेत गरेको छ । फोहोरको व्यवस्थापन गर्नका लागि उपमहानगरका उपप्रमुख राजेश बाँनियाको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*