मकवानपुर–१ मा राप्रपा नेपालद्वारा कमल थापाको नाम सिफारिस
हेटौँडा । राष्ट्रिय प्रजातान्त्रीक (नेपाल) मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए ।
जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।
























