मकवानपुरका सबै जनताको सहयोग पाउनेमा ढुक्क छु – कमल थापा

हेटौंडा –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा मकवानपुरका सबै जनताको सहयोग पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। आफ्नो दल वा व्यक्तिसँग प्रतिशोधी भावना नभएकोले सबैको सहयोग पाउनेमा ढुक्क रहेको बताएका हुन्।

आज पार्टीको हेटौंडा- ८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै थापाले मकवानपुरको अधुरो विकासको सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको समेत बताए। एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति मुलुकले खोजिरहेको भन्दै थापाले स्वाभिमानी देशभक्त एक ठाँउमा उभिनुपर्ने समय आएको विचार व्यक्त गरे।

प्रदेश राजधानी बनाउन आफूले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको चर्चा गर्दै थापाले युवालाई रोजगारीको अवसर सिर्जना गर्न, रिङरोड निर्माण गर्न, विश्वविद्यालय स्थापना गर्न, हेटौंडा -काठमाडौं सुरुङ मार्ग निर्माण गर्न, शिक्षा ,स्वास्थ ,खानेपानीको क्षेत्रमा काम गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*