प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आत्महत्या रोकथाम सम्वन्धी समेचनामुलक कार्यक्रम

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आत्महत्या रोकथाम सम्वन्धी समेचनामुलक कार्यक्रम गरेर मनाइएको छ । हेटौंडामा प्लेकार्ड सहित र्याली र सभा गरेर आत्महत्या रोकथाम सम्वन्धी समेचनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्नुभयो । समुदाय र प्रहरीको सहकार्यबाट मात्र आत्महत्या रोकथाम गर्न सकिने पाण्डेले बताउनुभयो । अहिले आत्महत्याको घटना धेरै भएकाले यसलाई सचेतनामुलक कार्यक्रमबाट केही न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण बर्जाचार्यको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*