संविधान कार्यन्वयनको लागि संघिय सरकार नै बाधक – मुख्यमन्त्री पाण्डे
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधान कार्यन्वयनको लागि संघिय सरकार बाधक रहेको बताएका छन् । संघिय सरकारले संघियता कार्यन्वयनमा चासो नदिँदा समस्या भएको उनको भनाई छ ।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघिय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश तहले कानुन निर्माण गर्न बाधा अबरोधको सामना गर्नुपरेको र संविधाननै कार्यन्वयनमा समस्या भएको बताए । उनले संवैधानिक अधिकार ब्यवस्थित नहुँदा प्रदेश सरकारलाई काम गर्न जटिलता भएको र संविधानमा ब्यवस्था भएको अधिकार समेत नपाएको बताए । उनले भने “कानुन त बन्नै बाँकी छ, संविधानमा उल्लेख भएको कुरा समेत पाईएन ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले संविधान दिवसलाई औपचारिक मात्र बनाउँदा मर्मबारे आम नागरिक अझै प्रष्ट हुन नसकेको बताए ।
























