चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति बकैया-११ आहाल डाँडामा स्थानीय ५५ वर्षीय आईत सिं भोलन घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, चट्याङले सोही स्थान नजिकै भिम बहादुर स्याङ्तानको गोठमा १ गोरु पनि मरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*