मकवानपुर प्रहरीद्वारा चोरी भएको मोटरसाईकल सहित एक जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले चोरी भएको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार राती साढे ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका ९ बस्ने २७ वर्षीय प्रकाश परियार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

थानकोट–चित्लाङ सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँचको क्रममा काठमाण्डौबाट चित्लाङ तर्फ संगै आउदै गरेको बा ९८ प ७७८० नम्बरको एफजेट– एसभिटु मोटरसाईकल र बा।प्र। ०२–०२३ प १९३८ नम्बरको पल्सर १५० सिसिको मोटरसाईकललाई रोकि चेकजांज गर्ने क्रममा पल्सर मोटरसाईकल चालक माटरसाईकल छाडी भागी फरार भएका थिए ।

फरार भएकाले शंका लागी एफजेट– एसभिटु मोटरसाईकल चालक परियारसंग मोटरसाईकलको कागजपत्र माग्दा नभएको भनि बताए पश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त दुबै मोटरसाईकल चोरीको भन्ने पत्ता लागाईएको थियो ।
उक्त दुबै मोटरसाईकल भदौ २३ गते राती काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका–३ बाट चोरी भएको भनि प्रहरी वृत्त बालाजु र ईलाका प्रहरी कार्यालय फर्पिङ काठमाण्डौबाट परिपत्र समेत प्राप्त भएकाले बरामद मोटरसाईकलहरु र पक्राउ परेका प्रकाश परियारलाई थप अनुसन्धान तथा कारवाहीका लागी तालुक जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*