युवा व्यवसायी न्यौपानेद्वारा उम्मेदवारी घोषणा

६ असोज , हेटौंडा । मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा हेटौंडाका युवा व्यवसायी धिरज बिक्रम न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । रमेश खरेल नेतृत्वको स्वतन्त्र राजनैतिक शक्ति नेपालबाट धिरज बिक्रम न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

बुधबार हेटौंडा –४ , अजर अमररोडमा पत्रकार सम्मेलन गरेर न्यौपानेले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पुराना राजनीतिक दलको उहीँ एउटै ब्यक्तिलाई पटक-पटक हेरी सकेको र परिवर्तन सम्भव नभएकाले आफुले उम्मेदवारी घोषणा गर्नुपरेको न्यौपानेले बताउनुभयो ।

युवा व्यवसायी न्यौपानेले देशमा व्यापक बेथिति , भ्रष्टाचार बढदै गइरहेको र पुराना राजनीतिक दलहरुले जनभावना अनुरुप काम नगरेको बताउदै देशलाई दुर्घटनामा जान नदिन आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*