मकवानपुरको भीमफेदीमा बस दुर्घटना , ६ जनाको घटनास्थलमै मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्युभएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ६ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ ।
जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।
दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।
























