मकवानपुरमा ५ हजार लैङ्गिक तथा अल्पसंख्यक,देशभर सात लाख

हेटौंडा । मकवानपुर जिल्लामा ५ हजार जना लैङ्गिक तथा अल्पसंख्यक रहेका छन् । देशभरीमा भने सात लाख जना रहेका छन् । उनीहरुले हरेक क्षेत्रमा आफ्ना परिवार देखि समाजमा बिभीन्न खालका समस्याहरु बेहार्दै आएका छन् । युएसएआइडीको सहयोगमा फ्रेन्च हेटौंडा र बल्लुडाइमन सोसाइटीको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुसंग भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

स्वास्थ्य समस्या लिएर अस्पताल जाँदा होस या घरबाट बाहिर निस्कीदा धेरै खालका समस्या बेहोर्नुपरेको फ्रेन्च हेटौंडाका कार्यक्रम संयोजनक किरण थापाले बताउनुभयो । आफुहरुले एचआइभी संक्रमितहरुको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

अल्पसंख्यकको परिभाषाभित्र निश्चित जातलाई मात्र समेटिएको र लैङ्गिक तथा यौनिक अल्पसंख्यक छुटाइएको कारण संविधानबमोजिम अधिकारी नपाइएको ब्लुडाइमन सोसाइटीका पिटर बताउनुहुन्छ । कार्यक्रममा सहभागी पत्रकारले नेतृत्वमाझ लैङ्गिक तथा यौनिक समुदायको अधिकारका लागि काम गरिरहेकाहरुले राजनीतिक दलहरुले आफूहरुको हक अधिकार स्थापित गर्न पार्टीको विधानदेखि घोषणापत्र बनाउन ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैंगिक पहिचानसहितको नागरिकता दिने प्रावधान छ । त्यस्तै धारा १८ ले समानताको हक प्रदान गरेको छ । कानुनको दृष्टिमा सबै नागरिक समान हुने यो धाराले व्याख्या गरेको छ भने धारा ४२ ले सामाजिक न्यायको हकको व्यवस्था गरेको छ । जून व्यवस्थाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई समेत समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।

तर, लैङ्गिक पहिचानमा ‘अन्य भनेर नागरिकता लिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले भने आम निर्वाचनमा उम्मेदवार नै हुन नपाउने अवस्था रहेको छ । संविधानले नै हरेक नागरिकतालाई लैंगिक अधिकार सुनिश्चित गरिदिएको भएता पनि निर्वाचन आयोग भने ‘अन्य’ लिङ्गबाट नागरिकता लिएकाहरुलाई भने उम्मेदवार नै बन्न रोक लगाएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मीहरुले गुनासो गरेका छन् । अल्पसंख्यकको परिभाषाभित्र निश्चित जातलाई मात्र समेटिएको र लैङ्गिक तथा यौनिक अल्पसंख्यक छुटाइएको कारण संविधानबमोजिम अधिकारी नपाइएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*