सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौंडा । पछिल्लो ४ वर्षमा लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका– ९ को लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन बन्द भएको छ ।

कोइला र क्लिङ्कर अभावको कारण उद्योगले पछिल्लो एक हप्तादेखि सिमेन्ट उत्पादन रोकेको हो ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले कोइला खरिदका लागि टेण्डर भइसकेको र दशैपछि मात्रै सिमेन्ट उत्पादन हुने बताए । उनले उत्पादन बन्द भएको अवस्थामा उद्येगको मेसिनहरुको मर्मत कार्य पनि भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*